मुटुरोगका सबै सेवा गंगालालमा



Download our app to get more features

वि.स. २०५२ सालमा ९ शय्याबाट सेवा सुरु गरेको शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले हाल २ सय शैयामा विस्तार भई सेवा दिईरहेको छ । प्रारम्भमा मुटुरोग सम्बन्धी सामान्य उपचारबाट सेवा सुरु गरेको यस अस्पतालले समयको अन्तरसंगै मुटुरोग सम्बन्धी विभिन्न किसिमको विशेषज्ञ उपचार सेवाहरु उपलब्ध गराउँदै आएको छ । सिमित स्रोत साधनबाट सुरु भएको यस केन्द्र हाल वैज्ञानिक, प्रविधि, दक्ष जनशक्ति तथा अत्याधुनिक औजारले सुसुज्जित राष्ट्रियस्तरको अस्पतालको रुपमा आफुलाई स्थापित गर्न सफल भएको छ । 

यस्तो छ सेवा 
वि.स. २०५५ पौष १५ गते बहिंरग सेवा शुरु गरेदेखि हालसम्म करिब १४ लाख ४० हजार विरामीहरुको बहिंरग सेवामार्फत स्वास्थ्य परिक्षण गरिएको छ । हाल सम्म करिब ५७  हजार बिरामीको बिभिन्न खालका क्याथ प्रोसिड्योर तथा २१ हजार विरामीको मुटुको शल्यक्रिया भएका छन् । प्रत्येक वर्ष करिब १ लाख ५० हजार बिरामीले बहिंरग सेवा मार्फत स्वास्थ्य परिक्षण गराएका छन् । ईसिजी ५९३४३, ईकोकार्डियोग्राम ६२४३२, एक्सरे ६०६६७, टिएमटी १३११७ साथै अन्य परिक्षण उल्लेख्य मात्रामा भएका छन् । १७ सय ८२ वटा अप्रेशन भएका छन् । हाल सम्म १४ हजार बढी ओपन हार्ट सर्जरी भएको केन्द्रका निर्देशक डा. ज्योतीन्द्र शर्मा बताउछन् । 

मुुटु उपचारमा सरकारको महत्व 
मुटु रोगको उपचारमा नेपाल सरकारले अत्यन्तै महत्व दिएको छ । विगत केही वर्षदेखि नेपाल सरकारले १५ वर्ष मूनिका बालबालिका तथा ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई यस केन्द्रमा निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षमा पनि सरकारले सोही प्रयोजनका लागि १३ करोड रुपैया बजेट विनियोजन गरेको छ । साथै विना अप्रेशन मुटुको साघँुरीएको भल्भ खोल्न प्रविधि को लागि १ करोड ७५ लाख विनियोजन गरेको छ । वि.स. २०७३÷०७४ फाल्गुन देखि बाथ मुटुरोगिहरुको सम्पूर्ण शल्यक्रिया निःशुल्क गर्ने नेपाल सरकारको निर्णय पश्चात केन्द्रले ५ सय ९६ जना विरामीको उपचार गरेको छ । सोही कार्यक्रम संचालनका लागि सरकारले चालु आ.वमा १५ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ । यस अन्तर्गत ६ सय बाथ मुटुरोगीहरुको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्य राखेको उनले बताए । 

विपन्न आकस्मिक उपचारमा १ करोड
यस आर्थिक वर्ष देखि विपन्न नागरिकको आकस्मिक स्वास्थ्य उपचारका लागि रु १ करोड विनियोजन गरिएको छ । समग्रमा नेपाल सरकार द्धारा घोषित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत रु ३१ करोड ६५लाख चालु आवको लागि विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा २२४४ जना विरामीको विपन्न कार्यक्रम अन्तर्गत उपचार वापत २१ करोड ६८ लाख ७ हजार ७० रकम  खर्च भएको छ । देशका बिभिन्न जिल्लाहरुमा गरिएको स्वास्थ्य शिविरबाट ६ हजार ९ सय ५ जनाले प्रत्यक्ष सेवा लिएका छन् । केन्द्रको हाल सम्मको बेरुजु शुन्य अवस्थामा रहेको छ । 

उपत्यका बाहिर सेवा विस्तार 
उपत्यका बाहिर केन्द्रको सेवा विस्तार गरी मुटुरोग सम्बन्धी गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्य अनुसार नेपालगञ्जको भेरी अञ्चल अस्पताल तथा जनकपुरको जनकपुर अञ्चल अस्पतालसंग संझौता गरी सेवा सुरु भएको छ । यी बाहेक बाँकी प्रत्येक अस्पतालमा नेपाल सरकारको सहयोगमा केन्द्रले आफ्नो शाखा खोलेको अस्पतालका प्रशासन प्रमुख दिपेन्द्र खड्काले बताए । जनशक्तिको अभावका कारण केन्द्रले सोचे अनुसार प्रदेशमा शाखा विस्तार गर्न सकेको छैन । 

गंगालालमा मात्रै भएको सेवा
अहिले गंगालाल अस्पतालले काडियाकसिटी संचालनमा ल्याएको छ । सो मेसिन संचालनमा ल्याएको तीन महिना भएको छ । अब एन्जिओग्राम गर्नलाई कसैको कुहार आवश्यक पर्दैन । सिटीबाट हुन्छ । अत्याधुनिक पेस मेकरहरु संचालनमा रहेको छ । अरु सेवा सबै अस्पतालमा छन । तर अत्याधुनिक यी दुई सेवा गंगालालमा मात्रै छ । 

हेर्न लायक बन्दै ओपिडि र इमर्जेन्सी भवन 
गंगालाल अस्पतालले विरामीको सहजताका लागि अत्याधुनिक सुविधा सहितको ओपिडि भवन निमार्ण गरिरहेको छ । ईमर्जेन्सीको पाटो केही महिनामा सकिने भएपनि ओपिडिका लागि केही समय लाग्ने छ । २०७६ साल साउनमा बुझाउनु पर्ने भएपनि इमर्जेन्सीमा सेवा दिन कठिनाई भएकाले केही महिनामै बुझाउने तयारी भएको हो । ५० कोडमा  साढे चार तलाको बन्ने छ । ओपिडि सेवाका लागि प्रत्येक दिन ७ सयको संख्यामा बिरामी आउँछन् । ठाउँ सानो भएकाले तत्काल सार्नुपर्ने बाध्यता भएको हो । विरामीको आवतजावतमै समस्या हुदा पनि अस्पतालले व्यवस्थित रुपमा सेवा प्रवाह गर्दै आएको थियो ।  अहिले तत्काल हेर्दा स्थान अभावले भद्रगोल जस्तो देखिन्छ तर, केही महिनामा सबैको ध्यान तान्ने ओपिडि र इमर्जेन्सी नै हुने छ । 

आधा खर्च फार्मेसीले धानेको
२० वार्ष अगाडि देखि गंगालालमा आफ्नै फार्मेसी संचालनमा रहेको छ । प्रमुख खड्काका अनुसार गंगालालको फार्मेसीले यहाको तलब खर्चको ५० प्रतिशत हिस्सा धानेको छ । तलवमा मात्रै करिब १४ करोड रुपैयाँ खर्च हुन्छ । त्यहा संचालनमा रहेको फार्मेसीले कुनै कुनै महिना ४ देखि ५ करोड सम्म आमदानी गर्दै आएको छ । औषधि पनि बाहिरको तुलनामा निकै सस्तो छ उनि भन्छन्  । हामीले बजारमा पाईने भन्दा ४० प्रतिशत कममा विरामीलाई उपलब्ध गराउछौं । त्यसमा पनि अस्पतालले आफुलाई फाईदा राखेको हुन्छ । कतिपय औषधिहरु बाहिर बेच्न सक्दैनन । जसमा सरकारले पनि ट्याक्स निःशुल्क गरेको छ । यसले गर्दा पनि गंगालालको फार्मेसी फाईदामा छ । 

फोहोर मैलाको व्यवस्थापन
अस्पतालको फोहोर मैला व्यवस्थापनमा सरकारी नियमको पालना गरेको छ । केही कुराहरुमा बेला बखत समस्या आएको छ खड्का भन्छन् । अस्पतालको पानी सिधै नगरपालीका पठाउने विषयमा पनि हामी सोच्दैछौं । अब फोहोर पानी नगरपालीका जाने छैन । हामीले नयाँ प्रविधिको प्रयोग गरी पानी प्रसोधन गरेर मात्रै पठाउने छौं । 

तलव भत्ता आफ्नै कमाईले
गंगालाल अस्पताल यस्तो अस्पताल हो । यसले आफै कमाएर कर्मचारीलाई तलव भत्ता दिदै आएको छ । औजार उपकरणमा मात्रै सरकारले सहयोग गरेको छ । त्यसैले कर्मचारीको भर्नामा अन्यमा भन्दा केही कडा छ । आईसियु सिसियुमा अन्तराष्ट्रिय मान्यतालाई अवलम्बन गरिएको छ । अन्य ठाउँमा नपुग्न सक्छ । नर्सहरुको सबै भन्दा बढी दरबन्धी रहेको छ । तर पनि अभाव नै छ । 

कतिले पाए सेवा 
१४ लाख ४० हजार बिरामीको बहिरंग सेवामार्फत उपचार
५७ हजार बिरामीको विभिन्न प्रकारको क्याथ प्रोसिड्योर
२१ हजार बिरामीको मुटुको शल्यक्रिया
१४ हजारभन्दा बढी ओपेन हर्ट सर्जरी

के गर्दैछ केन्द्र
बहिरंग सेवामार्फत स्वास्थ्य परीक्षण– १५३४६२
ईसीसी– ५९३४३
मुटुको भिडियो एक्स–रे– ६२४३४
एक्स–रे– ६०६६८
ट्रेड मिल टेस्ट– १३११७
गर्भमै बच्चाको मुटु परीक्षण– ६६३
कैरोटिड डप्लर– ६७५
क्याथ प्रोसिड्योर– ७८२४

के–के निःशुल्क 
७५ वर्षमाथि र १५ वर्षमुनिका बालबालिकाको मुटुरोगसम्बन्धी सबैखाले उपचार निःशुल्क
विपन्न तथा असहाय बिरामीको मुटु रोगको उपचारका लागि एक लाखसम्म सरकारबाट अनुदान
बाथ, मुटु रोगीको निःशुल्क शल्यक्रिया
अस्पतालको १० प्रतिशत शैया निःशुल्क
मुटुको भल्भ साँघुरो भएर खोल्ने प्रविधि निःशुल्क

उपलब्ध सेवा
ह्दयाघात भएर तुरुन्त अस्पताल आउने बिरामीका लागि २४ घण्टा प्राइमरी एन्जियोप्लास्टी सेवा । मुटुको चालमा गडबढी भएकाका लागि ‘थ्री डी’ म्यापिङबाट रोगको निदान र उपचार । मुटु कमजोर भएका बिरामीका लागि विशेष प्रकारको पेस मेकर सेवा । मुटुमा जन्मजात प्वाल, भल्भ साँघुरो भएकाका लागि शल्यक्रियाबिनाको उपचार सेवा ।
 

Last modified on 2018-12-17 14:07:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts