जिल्ला अस्पताल हुम्लाको उपचार सेवा खुल्ला चौरमा 



Download our app to get more features

हुम्ला, २ पुस । जिल्ला अस्पताल हुम्लामा आएका बिरामीले खुल्ला चौरमा उपचार गर्दै आएका छन् । गाउँघरमा रहेका स्वास्थ्य चौकीमा उपचार हुन नसेकपछि जिल्ला अस्पतालमा भीड बढेपछि दुई दिनदेखि खुल्ला चौरमै राखेर उपचार गरिएको हो । 

जिल्ला अस्पतालले बिरामीलाई चाँज गर्दै आएको एक कोठामा रङ्ग लगाउने कार्य भइरहेकाले बिरामीलाई गत शुक्रबारदेखि खुल्ला चउरमा सेवा दिँदै आएको जिल्ला अस्पतालका चिकित्सक टसी लामाले बताए । 
जिल्ला स्वास्थ्य कार्यालयमा भवन भए तापनि प्रयोगमा नल्याएको हँुदा अन्य भवनमा सार्नु पर्ने झन्झटले केही दिनका लागि बिरामीलाई खुल्ला चउरमा उपचार गरिने उनको भनाइ छ । 

जिल्ला स्वास्थ्य कार्यालयमा दैनिक ३० देखि ४० बिरामी परीक्षण गर्न आउने गरेको उनले बताए । दैनिक झाडापखाला, रुघाखोकीका बिरामी उपचार गर्न आउने गरेको डाक्टर लामाले बताए । पछिल्लो समय जिल्ला अस्पताल हुम्लामा औषधिको पनि अभाव देखिदै आएको छ । रासस

Last modified on 2018-12-17 14:41:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts