धनकुटाको चौबिसेमा नेपाली सेनाको बृहत् स्वास्थ्य शिविर



Download our app to get more features

धनकुटा, ५ पुस । नेपाली सेनाको बरख गणले धनकुटाको चौबिसे गाउँपालिका राजारानीमा बुधबार एक दिने बृहत् स्वास्थ्य शिविर संचालन गरेको छ ।

जिल्लाको विकट एवं दुुर्गम यो क्षेत्र स्वास्थ्य सेवा पहुँचको हिसाबले  टाढा रहेको कारण स्थानीयलाई राहत पु¥याउने उदेश्यले शिविर सञ्चालन गरेको बरख गणले जनाएको छ । स्वास्थ्य शिविरबाट ६  सय भन्दा बढी स्थानीयबासी लाभान्वित भएका छन् । शिविरमा वरिष्ठ मुुटुरोग विशेष डा. शंकरप्रसाद अधिकारी, आरसी विशेष डा. मिरा आचार्य, आँखा रोग विशेष डा. ईशा विष्ट लगायतले उपचार सेवा दिएका थिए ।

शिविरमा धनकुुटाका प्रमुुख जिल्ला अधिकारी सिताराम कार्कीको पनि उपस्थिति थियो । कार्यक्रममा उनले नेपाली सेनाले शिविर संचालन गरी स्थानीयको दुःख, पीडामा साथ दिएकोमा प्रशंसा गरे । आगामी दिनमा पनि सेनाले यस्ता शिविरलाई निरन्तरता दिए सैनिक नागरिक सम्बन्ध अझै मझबुत हुने उनले विश्वास व्यक्त गरे ।

शिविरमा धनकुटाको सुरक्षा निकायका प्रमुखहरुको पनि उपस्थिति थियो । शिविरमा आँखा, दन्तरोग, स्त्री रोग, मुटुरोग, जनरल फिजिएसन, ल्याब आदिको निःशुल्क जांच सेवा तथा औषधि वितरण गरिएको थियो । आंखा, घाउ खटिरा तथा स्त्री रोगबाट पीडितहरुको शिविरमा उल्लेख्य सहभागीता थियो । सो शिविरमा आसपासका बुधबारे, कुर्ले, बोधे तेनुपा लगायका स्थानीय सहभागी भएका थिए ।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts