लायन्स क्लबका सदस्यलाई स्टार हस्पिटलमा विशेष छुट
काठमाडौं ५ पुस । ललितपुर सानेपास्थित स्टार हस्पिटल र लायन्स क्लब ईन्टरनेश्नल डिस्ट्रीक ३२५ ए२, एमडि ३२५, नेपालबीच सहकार्य गर्नेगरी सम्झौता भएको छ ।
सम्झौता अनुसार स्टार हस्पिटलले लायन्स क्लबका सदस्यहरु, सदस्यका परिवारको उपचार खर्चमा आकर्षक छुट प्रदान गर्नेछ । छुट सुविधा प्राप्त गर्न क्लबका सदस्यहरुले आधिकारीक परिचय पत्र देखाउनुपर्नेछ । साथै अस्पतालले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थासँग निरन्तर सहकार्य गर्दै जाने अस्पतालका व्यवस्थापक हरि ढकालले बताए ।
सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका सिओओ डा. सन्देश जिसी र लायन्स क्लबका तर्फबाट क्लबका डिस्ट्रीक गभर्नर लायन सुदर्सनधर प्रधानाङ्गले हस्ताक्षर गरेका छन् ।