संयोजकको हस्ताक्षर विनै स्वास्थ्यको नयाँ संरचना संघीय मन्त्रालयमा



Download our app to get more features

काठमाडौं, ७ पुुष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको नयाँ संगठन संरचना सम्बन्धी प्रतिवेदनमा मन्त्रालयकै कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् ।

अघिल्लो संरचनामा व्यापक विवाद भएपछि मन्त्रालयले प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलको संयोजकत्वमा संगठन संरचना तथा दरबन्दी पुनरावलोकन गर्ने कमिटि बनाएको थियो । कमिटिले तयार पारेको प्रतिवेदन संयोजकको हस्ताक्षर विनै संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयमा पठाइएको संयोजक प्याकुरेलले हाम्रो डक्टरलाई बताए ।

आफूहरुले तयार पारेको प्रतिवेदनमा ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय रहने गरी नयाँ संगठन संरचना तयार पारिको जानकारी दिँदै उनले मन्त्रालयले विना आफ्नो हस्ताक्षर गराई संघीयमा पठाएको हो । उनले थपे, ‘प्रतिवेदन मन्त्रालयमा पेश गरिसकेपछि त्यसको अध्ययन गरेर संयोजकको हस्ताक्षर सहित मात्रै पठाउनुपर्ने हो ।’

उनले भने, ‘तयार पारिएको नयाँ संरचनामा यसअघि भनिए जस्तै सात वटै प्रदेशमा तालिम केन्द्र, मेडिकल स्टोर, प्रदेश स्तरीय अस्पताल निर्माण सहितका विषयलाई समेटिएको छ ।’

Last modified on 2018-12-23 14:40:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts