सरकारी चिकित्सककाे गुनासाे: हामीलाई उपेक्षा गरियाे



Download our app to get more features

काठमाडौं, ८ पुष । सरकारले चिकित्सा पेशामा लागेका सरकारी चिकित्सकलाई उपेक्षा गरेको सरकारी चिकित्सक संघ (गोदान) ले आरोप लगाएको छ ।

चिकित्सकहरुको मनोबल बढाउन तलव÷भत्ता, सामाजिक सुरक्षा, स्तरवृद्धि लगायतमा ध्यान दिनुपर्नेमा सरकारले चिकित्सकलाई उपेक्षित गरेको गोदानद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शनिबार विज्ञप्ति जारी गर्दै गोदानले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा सुनिश्चितता, संघीय निजामति ऐनमा स्वास्थ्यका कर्मचारीको समतामूलक स्थान, सरकारी मेडिकल विश्वविद्यालय आदि जस्ता मुद्दाहरुमा सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि ती मागको कुनै सुनुवाई नभएको भन्दै गोदानले सरकारी चिकित्सकलाई हतोत्साहित गर्न खोजिएको आरोप लगाइएको छ ।

विभेदकारी कर्मचारी समायोजन अध्यादेश, स्वास्थ्य सचिवको नियुक्ति, वीर अस्पतालमा उपकुलपति चयन लगायत अन्य पदाधिकारी नियुक्तिको विवाद लगायत वर्तमान अवस्थामा गरिएका महत्वपूर्ण निर्णयहरु गोदानको गम्भिर ध्यानाकषर्ण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघले ५ बुँदे माग अघि सार्दै आफ्ना मागहरु सम्बोधन नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।


 

Last modified on 2018-12-24 07:39:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts