सरकारी चिकित्सकको दबाब कार्यक्रमः समायोजन अध्यादेशको विरोधदेखि तलव बढाउनेसम्म माग



Download our app to get more features

काठमाण्डौ, ९ पुस । कर्मचारी समायोजन अध्यादेशको विरोध सहित विभिन्न माग राखेर सरकार मातहतका चिकित्सकहरुको संगठन सरकारी चिकित्सक संघले दवावमूलक कार्यक्रमको आयोजना गरेको छ । 

वीर अस्पतालमा बिहान आयोजना गरिएको दवावमूलक कार्यक्रममा राजधानीमा भएका संघका सदस्यहरु लगायत नेपाल चिकित्सक संघका प्रतिनिधिपनि सहभागी भए । उनीहरुले समायोजन अध्यादेश त्रुटिपूर्ण भएको भन्दै सच्च्याउन आग्रह गरे । सरकारी चिकित्सकहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासन समुहको सचिव नियुक्ति गरेकोमा पनि आपत्ति जनाए । संघले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा लामो समयदेखि पदाधिकारी नियुक्ति नभएको, सरकारी चिकित्सकको सेवा, सुविधान वृद्धि नभएकोमा पनि विरोध जनाएको छ ।

संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले समायोजन अध्यादेश, स्वास्थ्य सचिव नियुक्ति लगायतका सरकारी कदमले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आत्मसम्मानमा चोट पुगेको भन्दै तत्काल अलोकप्रिय निर्णय फिर्ता लिन सरकारसँग माग गरे । 

दवाव कार्यक्रममा नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष प्राडा ढुण्डि पौडेलका साथै राष्ट्रिय चिकित्सक संघका प्रतिनिधिहरु पनि उपस्थित भएका थिए । 

Last modified on 2018-12-25 07:08:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts