स्वास्थ्य सचिवको लफडा टुङ्गियो



Download our app to get more features

काठमाडौं, ९ पुस । स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी औपचारिक रुपमा डा. पुष्पा चौधरीले सम्हालेकी छिन् । केही समय अघिको मन्त्री परिषद्को निर्णयबाट सचिव डा. चौधरीलाई सरकारले प्रधानमन्त्री कार्यालय सारेको थियो । उनलाई स्वास्थ्य मन्त्रालयमा सारेसँगै सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारीलाई नियुक्त गरेको थियो ।

सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै डा. चौधरी अदालत गएकी थिइन । अदालतले डा. चौधरीकै पक्षमा आदेश दिएपछि उनी पुनः स्वास्थ्य मन्त्रालय फर्किएकी हुन् । अदालतको आदेशपछि स्वास्थ्य मन्त्रालयको सचिव को हुन् भन्ने अन्योल बढेको थियो । तर तत्कालिन स्वास्थ्य सचिव अधिकारीलाई सरकारले मन्त्रालयको जनसंख्या तथा प्रशासन विभागको जिम्मेवारी र डा. चौधरीलाई प्राविधिक जिम्मेवारी दिएपछि अन्योल हटेको छ । यो संगैं स्वास्थ्य मन्त्रालयमा अब दुई जना सचिव भएका छन् । 
 

Last modified on 2018-12-26 06:25:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts