स्टार हस्पिटल र नबिल बैँकबीच सम्झौता



Download our app to get more features

काठमाडौं, ९ पुस । ललितपुरकोे सानेपामा रहेको स्टार हस्पिटल र नविल बैंकबीच सहकार्य गर्नेगरी सम्बन्धको सम्झौता भएको छ । आज भएको सम्झौता अनुसार स्टार हस्पिटलले नबिल बैँकका ग्राहक, कर्मचारी तथा कर्मचारीको परिवारलाई हस्पिटलमा स्वास्थ्य जाँच तथा भर्ना भई उपचार गराउँदा हस्पिटलले लिदैँ आएको नियमित शुल्कमा आकर्षक छुट प्रदान गर्नेछ । छुट सुविधा प्राप्त गर्न सेवाग्राही तथा कर्मचारीहरुले बैंकको प्रिभिलेज कार्ड, डेबिट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनु पर्नेछ । 

सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका सिओओ डा. सन्देश जिसी र नबिल बैंकका तर्फबाट बैंकका रिटेल बिजनेश प्रमुख निरज शर्माले हस्ताक्षर गरेका छन् ।

स्टार अस्पतालले अत्याधुनिक उपकरण तथा विशेषज्ञ सेवाको दायरा फराकिलो बनाउँदै, निम्न, मध्यम तथा उच्च वर्गीय सेवाग्राहीप्रति समान, सहज र सहुलियत दरमा विश्वस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको अस्पतालका व्यवस्थापक हरि ढकालको दावी छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts