दुई सचिवका कारण स्वास्थ्य मन्त्रालयका कर्मचारी अन्योलमा
काठमाडौं, १० पुस । स्वास्थ्य मन्त्रालयमा दुई जना सचिव भएपछि कर्मचारी अन्योलमा परेका छन् । मन्त्रालयले स्वास्थ्य सचिव प्रविधिकतर्फको जिम्मा डा. पुष्पा चौधरीलाई र जनसंख्या तथा प्रशासनको जिम्मा केदार अधिकारीलाई दिएको जनाएको थियो । तर, मन्त्रालयको सबै काम सचिव अधिकारीले नै सम्हालेपछि कर्मचारी अन्योलमा परेका छन् ।
साथै मन्त्रालयमा दुई जना सचिव रहने वा नरहने भन्ने विषय पनि टुंगो नलागेको कर्मचारीहरुको भनाइ छ । जसले गर्दा कर्मचारीलाई कुन सचिवको जिम्मेवारी के हो भन्ने स्पष्ट नहँुदा अन्योल परेको छ ।
Last modified on 2018-12-26 15:42:20