शिक्षा विधेयकमा थप छलफल आवश्यक नभएको डा. केसीको भनाइ



Download our app to get more features

काठमाडौं, ११ पुस । त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकबारे थप छलफल आवश्यक नभएको बताएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयकलाई अन्तिम रुप दिनुअघि डा. केसीसँग छलफल गर्ने निर्णय गरेपछि सोही क्रममा डा. केसीले यस्तो जवाफ दिएका हुन् । समितिले विधेयकबारे डा. केसीसँग थप छलफल गर्ने जिम्मा नेकपाका सांसद योगेश भट्टराई र कांग्रेसका गगन थापालाई दिइएको थियो ।

डा. केसीले यस अघि नै प्रधानमन्त्रीस्तरमै धेरै छलफलपछि सहमति भएको भन्दै फेरि छलफल गर्नु भनेको अलमल्याउने खेल मात्र हुने बताएको जनाइएको छ ।

डा. केसीले थप छलफल गर्न अस्वीकार गरेपछि प्रमुख विपक्षी कांग्रेसले समितिका सभापतिलाई भेटेर पूर्व सहमतिअनुसार तत्काल विधेयकलाई अन्तिम रुप दिन माग गरेको छ । प्रधानमन्त्री स्तरीय सहमति र छलफलका क्रममा हिउँदे अधिवेसनको पहिलो दिन नै संसदमा विधेयक पेश गर्ने भनिएको थियो । तर, समितिले अधिवेशनको तयारी पुरा नगरेका कारण आज बस्ने पहिलो अधिवेशनमा विधेयक दर्ता भएन ।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts