उपक्षेत्रीय अस्पताल डडेल्धुरामा थप अत्याधुनिक स्वास्थ्य मेसिनरी सहितको सेवा



Download our app to get more features

डडेल्धुरा, १२ पुष । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा थप अत्याधुनिक स्वास्थ्य मेसिनरी सामग्री उपलब्ध गराइएको छ ।

नेपाल सरकारको समुदायमा आधारित नवजात शिशु स्याहार कार्यक्रमलाई सहयोग गदै आइरहेको एक संस्थाले अस्पताललाई एक थान ‘पोर्टेबल युभी रे भेन फाइन्डर’ र एक थान ‘ऐरटीयल ब्लड ग्यास एनालाइसीस मसिन’ प्रदान गरेको हो । साथै अस्पताललाई ५ थान पेङगुइन सक्सन समेत हस्तान्तरण गरिएको उक्त सस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले जानकारी दिएको छ ।

सामग्री बुझ्दै उपक्षेत्रीय अस्पतालका निमित्त मेडीकल सुपरीटेन्डेन्ट डाक्टर जितेन्द्र कँडेलले अबबाट अस्पतालको एनआइसीयुको लेभल २ बाट लेभल ३ मा स्तरउन्नती भएको बताए । यी सामग्री प्राप्त गरेपश्चात बच्चहरुको नसा सजिलै पत्ता लगाउन सकिने उनको भनाइ छ । साथै उनले सुदुरपश्मिचका कुनै अस्पतालमा नभएको ‘ऐरटीयल ब्लड ग्यास एनालाइसीस मसिन’ प्राप्त गरेपछि थप सेवा दिन सकिने उनको भनाइ रहेको छ ।

सेवा विस्तार भएसँगै बामे सरिरहेको उपक्षेत्रीय अस्पताल डडेल्धुराको विस्तारै स्तरउन्नती हुने बताइएको छ ।
 

Last modified on 2018-12-27 13:16:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts