भवन हस्तान्तरण नहुँदा गोठबाटै स्वास्थ्य सेवा



Download our app to get more features

बाजुरा, १२ पुस । बाजुराको विकट क्षेत्रमा पर्ने साप्पाटा स्वास्थ्यचौकी भवन नहुँदा एक गोठमै स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ । नयाँ भवन निमार्ण भएको एक वर्षसम्म पनि हस्तान्तरण गर्न ढिलाइ गरिएकाले स्वास्थ्यचौकी गोठमै सञ्चालन हुँदै आएको हो । 

ठेकेदारले समयमै काम सम्पन्न गरी स्वास्थ्य संस्थालाई भवन हस्तान्तरण नगरेकाले गोठमै बसेर सेवा दिनुपर्दा स्वास्थ्यकर्मी र बिरामीलाई असहज भइरहेको छ । पाँच वर्षभित्र भवन सञ्चालन गरिसक्नुपर्नेमा भवन निर्माण भएको एक वर्ष बितिसके पनि अहिलेसम्म हस्तान्तरण नगरिएको स्वास्थ्यकर्मीको गुनासो थियो । 

मौसमी बिरामीको चाप बढिरहेको छ । स्वास्थ्यचौकी व्यवस्थित छैन । गोठमै भए पनि सेवा दिइरहेका छौँ अहेव सरिता चौधरीले भनीन् । स्वास्थ्यचौकीको कार्यालय सानो गोठमा हुँदा स्वास्थ्य सामग्री राख्नसमेत गाह्रो भएकोे व्यवस्थापक मानबहादुर विकले बताए ।

गोठलाई जति सफा गरे पनि माथीबाट धुलोे खसेपछि भुइँमा राखेको औषधि फोहर हुने र अप्ठेरो ठाउँ भएपनि आफूहरूले बिरामीलाई सकेसम्म राम्रै सेवा दिइरहेको अहेव चौधरीको भनाइ थियो । उक्त स्थानमा व्यवस्थित शौचालय तथा खानेपानीको पनि अभाव छ । रासस

Last modified on 2018-12-27 10:59:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts