चिसोले कठ्याग्रिंएर महोत्तरीमा एक वृद्धाको मृत्यु



Download our app to get more features

महोत्तरी,१२ पौष । विगत केहि दिन देखि चिसोले च्यापन थालेपछि महोत्तरीमा चिसोकै प्रभावले एक वृद्धाको मृत्यु भएको छ ।

जलेश्वर नगरपालिका वडा नं. ७ बखरी निवासी ६५ वर्षिया दौलतिया देवी कापरको मृत्यु भएको हो । विगत केहि दिन देखि चिसोले विरामी परेकी मृतक वृद्धा कापरलाई बुधवार विहान जलेश्वर अस्पताल उपचारको लागि लगिएकोमा जलेश्वर अस्पतालमा उपचार सम्भव नहुने बताएपछि उनलाई घर लगिएकोमा केहि घन्टापछि नै उनको मृत्यु भएको हो ।

जलेश्वर अस्पतालका चिकित्सक डा. मृत्युन्जय ठाकुरले चिसोले वृद्धाको छातीमा ईन्फेक्सन भएकोले सोहि कारण समेत मृत्यु भएको हुन सक्ने वताए । उनले अस्पताल ल्याइएको वेला वृद्धा अचेत रहेकोमा तत्काल प्राथमिक उपचार पछि उनी होसमा आएकि वताउनु भयो । डा.ठाकुरले वृद्धाको खुटटामा सामान्य आगोले पोलेको समेत रहेकोमा मलमपटटी गरिएको समेत थपे ।

उनले चिसो छल्न आगो तापेको वेला खुटटामा पोलेको हुन सक्ने वताए । यता केहि दिन पुर्वमात्र जलेश्वर नगरपालिका वडा नं. ५ पर्सामा समेत एक वृद्धाको मृत्यु भएको थियो । उनको मृत्यु समेत चिसोले भएको स्थानिय तथा परिवारले भने पनि त्यसको पुष्टी भने हुन सकेको छैन ।

तराई मधेशमा चिसो वढ्दै गर्दा मृतकको संख्या समेत वढ्दै गएपनि अधिकांशलाई कानुनी प्रकृया थाहा नहुदा समेत चिसोले मर्नेको यकिन तथ्यांक वाहिरिन समस्या भएको छ ।

Last modified on 2018-12-27 13:57:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts