अधिकार नपाएपछि स्वास्थ्य सचिव डा.चौधरी भन्छिन्ः मन्त्रिज्यूले दुई दिन कुर्न भन्नुभएको छ



Download our app to get more features

काठमाडौं, १२ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा अदालतको आदेशपछि डा. पुष्पा चौधरी पुर्नबाहाली भएसँगै मन्त्रालयमा दुई जना सचिव भएका छन् । सरकारले प्रशासन सेवा समुह तर्फका केदार बहादुर अधिकारीलाई सचिव बनाएर ल्याएपनि डा.चौधरीको पक्षमा अदालतले फैसला गरेको हो । 

दुई सचिव भएसँगै मन्त्रालयमा अन्योलता बढेको छ । यद्यपी कामकाज भने सचिव अधिकारीले गरिरहेका छन् । डा. चौधरीलाई सचिवको कार्यकक्ष दिइएपनि अधिकार भने अर्को कोठामा बसेका अधिकारीले गरिरहेका छन् । अधिकार नदिएपछि डा. चौधरी मन्त्रालय जाने, कुनै छलफल भए सहभागी हुनेमात्र अवस्थामा 'पेण्डुलम' भएर बसेकी छिन् । उनले आफुलाई कुनै काम नदिइएको बताइन् । 'मलाई त्यस्तो कुनै फाइल आएको छैन । अर्का सचिवज्यूले गरिरहनु भएको छ ।'

यसअघि डा. चौधरीलाई स्वास्थ्य र अधिकारीलाई जनसंख्या र प्रशासन तर्फको सचिव बनाउने हल्ला चलाइएको थियो । तर, त्यस सम्बन्धमा कुनै चिठि निजहरुले पाएका छैनन् । दैनिक प्रशासनिक काम भने अधिकारीले गरिरहेका छन् । 

मन्त्रीज्यूले २ दिन कुर्न भन्नुभएको छ : डा. चौधरी 
जिम्मेवारी विहीन भएसँगै डा. चौधरी आफुलाई जिम्मेवारी दिन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई आग्रह गरेकी थिइन् । मन्त्री यादवले आफु राजधानी आएपछि मिलाइदिने आश्वासन दिएका छन् । डा. चौधरीले आफुलाई मन्त्रीले एकदुई दिन कुर्न भनेको बताइन् । 'मलाई एकदुई दिनमा मिलाउँछु भन्नुभएको छ । म मन्त्रीज्यूलाई वेट गरिरहेको छु ।' हाम्रो डक्टरसँग कुरा गर्दै सचिव चौधरीले आफु कानुनी देशको नागरिक भएको भन्दै कानुनसम्मत लडाईं लडेको बताइन् । मन्त्री सिरहाबाट फर्किएसँगै सचिवहरुको अधिकार प्रत्यायोजन गर्ने सम्भावना छ । तर, मन्त्री यादवले उनीहरुको विवाद समाधान गर्ने विषयमा ध्यान देलान कि नदेलान भने हेर्न बाँकी नै छ । 

Last modified on 2018-12-28 14:38:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts