फोरम विरोधी भन्दै दुर्गममा सरुवा गर्न सिफारिसमा परेका डा. बन्जाडे भन्छन्ः मेरो चरित्रहत्या गरियो



Download our app to get more features

काठमाडौं १३ पुस । संघीय समाजवादी फोरमको घोर विरोधी भन्दै सांसदले सरुवाको लागि सिफारीस गरेका डा. किशोर बन्जाडेले आपत्ति जनाएका छन् ।

कपिलवस्तुका सांसद सहसराम यादवले पार्टीको घोर विरोध गरेको भन्दै बन्जाडेलाई दुगर्म ठाउँमा सरुवा गर्न स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सिफारिस गरेका थिए । यस सम्बन्धमा डा.बन्जाडेले प्रतिक्रिया दिएका हुन् । हाम्रो डक्टरसँग कुरा गर्दै उनले भने ‘मेरो चरित्र हत्या गरियो’ । उनले आजसम्म आफुले कुनै पाटिको सदस्यता नलिएको पनि बताए । ‘आफ्नो काम प्रति निष्ठवान भएर काम गर्दा पार्टीको कसरी विरोध भयो यो मलाई थाहा छैन’ बन्जाडेले थपे । साथै उनले राजनीति नगर्ने पनि स्पष्ट पारे ।

सरकारले आफुलाई जहाँ खटाएपनि कर्तव्यनिष्ठ भएर काम गर्ने र कुनै राजनीतिक पार्टीको पछि नलाग्ने उनले जिकिर गरे ।  ‘म विगत पाँच वर्ष देखि यस अस्पतालमा काम गर्दै आएको छु । १५ वर्षदेखि यस अस्पतालमा कुनै डाक्टर थिएनन् ’। उनले थपे ‘सरकारी डाक्टरको रुपमा २ वर्ष देखि काम गरीरहेको छु’ । अस्पतालको विकास लागि सधैं काम गर्ने  हुदाँ यसका विरोधीले आफुलाई गलत आरोप लगाएको उनले गुनासो गरे । अहिलेसम्म आफु कुनै पार्टीको झण्डा बोकेर नहिँडेको र कुनै सभा समारोहमा समेत भाग नलिएको उनले बताए । ‘२४ सै घण्टा अस्पतालमा रहेर काम गर्दा कसरी पार्टीको विरोधी हुन्छ ?’ भन्दै उनले प्रश्न गरेका छन् ।

डा. बन्जाडे जिल्ला अस्पताल कपिलबस्तुमा कार्यरत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका उपेन्द्र यादवको पार्टीका सांसदले पार्टीलाई गरेको सहयोगको आधारमा सरुवाको लिष्ट मन्त्रीलाई सिफारिस गरेपछि अहिले चौतर्फी रुपमा त्यसको आलोचना भइरहेको छ ।

यस्तो छ सरुवा लिष्ट


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts