स्वास्थ्यकर्मी संघको प्रश्नः दरबन्दी सृजना नगरी कसरी हुन्छ समायोजन ? 



Download our app to get more features

काठमाडौं, १५ पुस । कर्मचारी समायोजन अध्यादेशले स्वास्थ्य सेवाका कर्मचारीको माग नसमेटेको भन्दै यतिबेला चौतर्फि विरोध भइरहेको छ । स्वास्थ्य सेवासँग सम्बधित सवै संघसंगठनले कर्मचारी समायोजन पद सृजना गरेर मात्र गर्न दबाब दिइरहेका छन् । हाम्रो डाक्टरसँग कुरा गर्दै नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेले भने ’दरबन्दी सृजना नगरी पदस्थापन हुन सक्दैन ।’ उनले सरकारले विगतमा विशेष पद पदस्थापना गरी कर्मचारी नियुक्ति गरेको बताए । जुन स्वास्थ्य सेवा ऐनमा छैन् । यसरी विशेष पद भनेर नियुक्ति दिएका करीब ४ हजार जना स्वास्थ्यकर्मीको अहिलेसम्म पद सृजना नभएको उनले स्मरण गराए ।

उनले थपे, २०५३ सालमा यी कर्मचारीलाई व्यवस्था गर्नुपर्छ भनेर ३ हजार ८ सय ५७ जनाको पद सृजना गरियो र निजामती किताबखानामा दर्ता गर्ने योग्य बनाइयो । तर, पद दर्ता गर्न सक्ने अवस्था भएन । स्वास्थ्य सेवाका क्षेत्रमा भएका यस्ता नजिरले गर्दा अब बन्ने नयाँ संरचनामा माथि पनि प्रश्न चिन्ह नउठ्ला भन्ने  आधार नरहेको घिमिरेको तर्क छ । 

स्वास्थ्य सेवामा रहेका ३५ हजार कर्मचारीको मर्यादाक्रम आउने अवस्था समेत नरहेको उनले बताए । उनले भने ’कर्मचारीको मर्यादाक्रम नआई समायोजन कसरी हुन्छ ।’ स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरु कुन तहमा कति छन भन्ने यकिन तथ्यांक नै छैन । स्वास्थ्य सेवा ऐनको बैज्ञानिक रुपमा परवर्तन नभइकन स्वास्थ्यमा समायोजन हुन नसक्ने भन्दै घिमिरेले जबर्जस्ती गर्न खाजेमा संघर्ष हुने चेतावनी दिए ।

Last modified on 2018-12-31 08:27:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts