८१ वर्षीय कादर खानको निधन, पीएसपी रोगले थिए ग्रसित



Download our app to get more features

भारत, १७ पुष । बलिउडका प्रसिद्ध कलाकार एवं लेखक कादर खÞानको ८१ वर्षको उमेरमा निधन भएको छ ।

क्यानेडाको अस्पतालमा उपचाररत खानको आज निधन भएको उनका छोरा सर्फराज खानले बताएका छन् । 

छोरा सर्फराजले लामो उपचारका बाबजुद डाक्टरले बुबालाई बचाउन नसकेको भन्दै सोमबार साँझ ६ बजे निधन भएको बताए । उनका अनुसार सोमबार दिउँसो कादर खान कोमामा गइसकेका थिए । पछिल्लो १६ हप्तादेखि कादर खान उपचार गराई रहेका थिए । 

सरफÞराजका अनुसार बुबाको अन्तिम संस्कार क्यानेडामा नै गरिनेछ । ८१ वर्षका कादर खानलाई स्वाशप्रश्वासको समस्या थियो । त्यसपछि डाक्टरले उनलाई भीआईपीएपी भेन्टिलेन्टरमा राखेर उपचार गर्दै आएका थिए । 

कादर खान लामो समयदेखि विरामी थिए । उनको शरीरको विभिन्न अंगलाई प्रभावित पार्ने  प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी (पीएसपी) नामक रोगले ग्रसित थिए ।

बेलायतको स्वास्थ्य सेवा नेशनल हेल्थ सर्भिसका अनुसार प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी एक दुर्लभ स्थिति हो । जसमा मानिसको सन्तुलन, हिँडडुल गर्ने, बोल्ने र निल्नमा समस्या हुन्छ । जसका कारण मानिसको मस्तिष्कका कोषहरुलाई नोक्सान हुन्छ । यो रोग विशेषगरी ६० भन्दा बढि उमेरका मानिसमा देखिने गर्छ । 
 

Last modified on 2019-01-02 09:11:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts