सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने



Download our app to get more features

काठमाडौं, पुष १८ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको प्रस्ताव अनुसार सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने भएको छ । 

नेपाल सरकार मन्त्रिपरिषदको सोमबारको बैठकले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेश नं २ को सप्तरीमा स्थापना गरिने उक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रस्तावमाथि निर्णय गरेको हो ।   

उक्त स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराज सप्तरीमा स्थापना हुनेछ । जसबाट प्रदेश नं १ र २ का बिरामीहरुले उपचार सुविधा प्राप्त गर्नेछन् । साथै चिक्त्सिासास्त्र अध्ययन गर्ने विद्यार्थीहरुका लागि ठूलो अवसर प्राप्त हुनेछ । विकास र निर्माणको दृष्टिकोणले अत्यन्त पछाडि परेको यस जिल्लामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि नेपालका १ र २ न प्रदेशका स्थानीयले सेवा सुविधा पाउनुका साथै छिमेकी मुलुक भारतका जनताले पनि सेवा प्राप्त गर्न सक्नेछन । 

स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनासँगै स्थानीय तहमा सुलभ र आफ्नै गाउँमा स्वास्थ्य सेवा सविधाका साथै रोजगारीका अवसर प्राप्त हुनेछ ।  जसले सप्तरीको विकासमा फड्को मार्न सघाउ पुग्नेछ ।

Last modified on 2019-01-02 15:27:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts