डा.केसीको माग अनुसार नै चिकित्सा शिक्षा ऐन अघि बढाउन संसदीय समितिलाई शिक्षामन्त्रीको आग्रह



Download our app to get more features

काठमाडौं, १८ पुष । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले गरेको सहमति अनुसार नै चिकित्सा शिक्षा ऐन अघि बढाउन आग्रह गरेका छन् । 

सिंहदरबारमा मंगलबार बसेको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको बैठकमा उनले डा. गोविन्द केसीसँग सरकारले गरेको सहमति अनुसार नै सरकारले सहमतिकै आधारमा ऐन आओस भन्ने चाहेको बताए । उनले काठमाडौं भित्र मेडिकल खोल्ने विषयमा हुने मापदण्डको अन्तिम रुप टुङ्गो लाग्न बाकी रहेको जिकिर गरे । 

उनले सीटीईभीटीबाट सञ्चालित चिकित्सा शिक्षासम्बन्धी कार्यक्रम ५ वर्षभित्र हटाउने विषय चिकित्सा शिक्षा ऐनमा राख्न नहुने समेत बताए । यस विषयमा अध्ययन गर्न सरकारले आयोग बनाएको भन्दै उक्त आयोगको सुझाव अनुसार मात्र जान सकिने उनले धारणा राखे । 

शिक्षामन्त्री पोखरेलले उक्त सहमति भए पनि आयोगले तीन महिनाभित्रमा प्रतिवेदन दिने भन्दै प्रतिवेदनअनुसार नै जान सकिने समेत बताए । बैठकमा समिति सदस्यहरुले केसीसँग गरिएको सम्झौताअनुसार नै चिकित्सा शिक्षा ऐन बन्नुपर्नेमा जोड दिए ।

Last modified on 2019-01-02 15:28:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts