राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुल्कमा चार सय प्रतिशत वृद्धि



Download our app to get more features

दाङ, १८ पुस । जनअपेक्षा विपरित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले सेवा शुल्कमा भारी बृद्धि गरेपछि चौतर्फी आलोचनाा भएको छ । सरकारले साविकको राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभेपछि सेवा सुल्कमा भारी वृद्धि गरेको हो ।

१७ पुस अर्थात १ जनवरीबाट बढेको शुल्क कार्यान्वयनमा आउने अस्पतालले जनाएको छ । सो सुल्कको प्रतिरक्षा गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले शुल्क बृद्धि बाध्यात्मक भएको प्रतिकृया दिए । प्रतिष्ठान गठन भएसँगै कर्मचारी समायोजन मुख्य समस्याको रुपमा आएको उपकुलपति संगिता भण्डारीले बताएकी छन् । प्रतिष्ठानलाई सरकारी अनुदान प्राप्त नभएको र गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने भन्दै उपकुलपति भण्डारीले गुणस्तरीय सेवा प्रवाहका लागि शुल्क बृद्धि गरिएको बताइन ।

भारी मात्रामा शुल्क बृद्धि भएपछि सेवाग्राहीहरु निराश बनेका छन् । छिमेकी जिल्ला रोल्पाबाट बाबुको उपचारका लागि आएका बिमल घर्तिमगरले अस्पतालको शुल्कवृद्धि पछि उपचारमा समस्या भएको बताए ।

यस्तो नयाँ सेवा शुल्क

ओपीडि : पहिला २५, अब एक सय
इमर्जेन्सी : पहिला ३०, अब दुई सय
सुत्केरी सुविधा : पहिला निःशुल्क, अब सामान्य तीनहजार जटिल पाँच हजार, अप्रेसन गर्नुपरे १२ हजार
शैय्या शुल्क : पहिले निःशुल्क, प्रतिदिन २२०
भिडियो एक्सरे : पहिले ५ सय, अब ६ सय
शल्यक्रिया : पहिला पाँच हजार, अब १२ हजार
शल्यक्रिया मध्यम : पहिले १५ सय अब ६५ सय
शल्यक्रिया माइनर : पहिला एक हजार, अब २५ सय

यस्तै ल्याब सर्जरी बापत १५ हजार, जनरल एनेस्थेसियाको ३५ सय, स्पाइनल एनेस्थेसिया बापत २५ सय शुल्क निर्धारण गरेको छ ।

 

Last modified on 2019-01-02 17:16:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts