डा. केसीको अनसन २५ पुससम्मका लागि स्थगित



Download our app to get more features

काठमाडौं १८ पुस । प्राध्यापक डाक्टर गोविन्द केसीको १६ औं अनसन एक साताका लागि स्थगित भएको छ ।

बुधबारबाट सुरु गर्ने भनिएको उनको अनसन पुस २५ गते सम्मका लागि स्थगित गरिएको छ । चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने माग राखेका डा. केसी अनसनका लागि इलाम पुगेका हुन । 

१५ औं अनसनका बेला गत साउन १० गते सरकारले डा. केसीसँग गरेको सम्झौता अक्षरस कार्यान्वयन गर्न माग आज इमालबाट प्रस विज्ञप्ति जारी गर्दै माग गरेका छन् ।  सातै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न, गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनअनुसार दोषी ठहर देखिएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्ती गर्न लगायतका माग केसीका रहेका छन् ।  

उनले निर्मला पन्तको बलाकार बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन माग गरेका छन् । त्यस्तै प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउन पनि माग गरेका छन् । 

संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीको आग्रहपछि डा. केसीले अनसनको समय एक सातापछि सारेका हुन् ।
 

Last modified on 2019-01-03 09:09:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts