के हो प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी ? जसले लियो कादर खानको ज्यान



Download our app to get more features

काठमाडौं, १९ पुस । बलिउडका प्रसिद्ध कलाकार एवं लेखक कादर खÞानको ८१ वर्षको उमेरमा निधन भयो । क्यानडाको अस्पतालमा उपचाररत खानको गत मंगलबार निधन भएको हो ।
कादर खान लामो समयदेखि बिरामी थिए । उनको शरीरको विभिन्न अंगलाई प्रभावित पार्ने प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी (पीएसपी) नामक रोगले ग्रसित बनाएको थियो ।

के हो प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी ?
बेलायतको स्वास्थ्य सेवा नेशनल हेल्थ सर्भिसका अनुसार प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी एक दुर्लभ स्थिति हो । जसमा मानिसको सन्तुलन, हिँडडुल गर्ने, बोल्ने र खाना निल्नमा समस्या हुन्छ । जसकारण मानिसको मस्तिष्कका कोषहरुलाई नोक्सान हुन्छ । यो रोग विशेषगरी ६० भन्दा बढी उमेरका मानिसमा देखिने गर्छ । 

किन लाग्छ यो रोग?
प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी त्यो बेला हुन्छ, जब तउ नामक प्रोटीनको उत्पादनका कारण मस्तिष्कको एक भागमा कोषहरु बिग्रन थाल्छ ।
तउ सामान्यतया मस्तिष्कमा हुने एक प्रोटिन हो र यसको उत्पादन उच्चस्तरमा भयो भने यो टुक्रिन थाल्छ । तर, जो व्यक्ति पिएसपीबाट ग्रसित हुन्छन् उनमा यो राम्रोसँग टुक्रिन पाउदैन र मस्तिष्कको कोषहरुमा खतरनाक रुप लिँदै डिक्का बन्न थाल्छ । 
प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सीमा देखिने लक्षण समयसँग सँगै बढ्न थाल्छ र गम्भीर रुप लिन थाल्छ ।
सुरुको क्रममा यो रोग पनि सामान्य रोगहरु जस्तै देखिन्छ, यस्तो अवस्थामा पिएसपीको बारेमा पत्ता लगाउन झन गाह्रो हुन थाल्छ ।

प्रमुख लक्षण 
♦ शरीरमा सन्तुलन बनाइ राख्न र हिँडडुल गर्नमा समस्या हुने । हिँड्दा लड्ने, डर लागि रहन्छ । 
♦ व्यवहारमा परिवर्तन
♦ मांसपेशीमा कसिलोपन हुनु ।
♦ आँखा गतिविधिमा नियन्त्रण नहुनु । 
♦ बोल्न समस्या हुने वा चुप भएर बसिरहने ।
♦ खाना निल्न समस्या ।
♦ स्मरणशक्ति कमजोर हुनु ।

कसरी पत्ता लाग्छ यो रोग ?
सबै भन्दा ठूलो समस्या भनेको यो रोगको कुनै उपचार छैन । त्यसैले यो रोग पत्ता लगाउनका लागि यसको लक्षणमा नै निर्भर हुनु पर्छ । 
चिकित्सकलाई योय रोगबारे पत्ता लगाउन यस कारण पनि समस्या हुने गर्छ किनकी अन्य रोगहरुका लक्षण पनि पार्किंसन्ससँग मिल्दोजुल्दो हुन्छ । साथै लक्षण यति धेरै हुन्छ कि रोगको बारेमा पुष्टि गर्न धेरै समय लाग्न सक्छ । 
रोग पत्ता लगाउन लागि मस्तिष्कको स्क्यान गर्नु पर्छ । यो रोगबाट ग्रसित हुने आशंका भएमा न्यूरोलोजिष्टको परामर्श लिनु आवश्यक ।

रोगको उपचार के हो ?
♦ हालसम्म विश्वमा नै प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सीको कुनै उपचार छैन । तर, अध्ययन भने जारी छ र नयाँ नयाँ उपचारको सम्भावनामाथि प्रयास गरिँदैछ । जसले लक्षणको पत्ता लगाई यो रोगमाथि नियन्त्रण गर्न ♦ सकियोस् अवस्था झन खराब हुनु भन्दा पहिले नै रोकथाम गर्न सकियोस् । 
♦ यो रोगबाट ग्रसित भएकाहरुको उपचार पनि फरक फरक हुन्छ । 
♦ सामान्यतया यी उपचार विधि अपनाइने गरिन्छ ः
♦ शरीरको सन्तुलन बनाइ राख्नका लागि औषधि हिँडडुल ।
♦ काम गर्नमा सहज होस् भनेर फिजियोथेरापी । 
♦ बोल्न र निल्नमा सहज होस भनेर स्पीच थेरापी ।
♦ नियमित कामकाज सहज तरिकाले गर्नका लागि अक्यूपेशनल थेरापी ।
♦ बोटोक्स वा विशेष चश्मा, जसको मद्दतले हेर्न सकिन्छ ।
♦ खाना नलीको मद्दतले शरीरमा पोषक तत्व दिने । 

 

(बीबीसी)

Last modified on 2019-01-05 06:19:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts