पाँच प्रदेशमा विशेषज्ञ सेवा सहितको अस्पताल बनाइने



Download our app to get more features

काठमाडौं, २० पुस । सरकारले मुलुकभर रहेका अस्पताल मध्ये ५ अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पताल बनाउने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको सोमबार बसेको बैठकले विभिन्न पाँच प्रदेशमा रहेका अस्पतालहरुलाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरिएको हो ।

प्रदेश १, २, ५, ३ र सुदुरपश्चिम प्रदेशमा अस्पताललाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रुपान्तरण गर्न लागिएको हो ।

निम्न अस्पतालहरूलाई विशेषज्ञ सेवा सहितको अस्पतालमा रूपान्तरण गर्न सैद्धान्तिक स्वीकृति दिइएको छः

– कोशी अञ्चल अस्पताल, विराटनगर, मोरङ

– नारायणी उप–क्षेत्रिय अस्पताल, वीरगञ्ज, पर्सा

– भरतपुर अस्पताल, चितवन

– भेरी अञ्चल अस्पताल, नेपालगञ्ज, बाँके

– डडेलधुरा उप–क्षेत्रिय अस्पताल, डडेल्धुरा
 

Last modified on 2019-01-05 10:05:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts