स्वास्थ्य नीति परिमार्जनसम्बन्धी छलफलः नीजि क्षेत्रसँग मिलेर स्वास्थ्य सेवा लगिने



Download our app to get more features

काठमाडौं, २२ पुस । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले देश संघीय प्रणालीमा गइसकेकाले सरकार स्वास्थ्य क्षेत्रलाई त्यही अनुरुपको ढाँचामा लाने तयारी गरिरहेको बताएका छन् । 

स्वास्थ्य मन्त्रालयद्वारा शनिबार आयोजित स्वास्थ्य नीति परिमार्जनसम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले सबै ठाउँमा सरकारले मात्रै काम गर्न नसक्ने हुनाले निजी क्षेत्रसँग मिलेर जाने नीति अबलम्बन गरिने बताए ।

उनले भने, ‘अब सरकारले नीति बनाउँदा सार्वजनिक निजी साझेदारीमा मेडिकल शिक्षालाई सँगसँगै लाने र त्यसलाई नीतिगत रुपमा व्यवस्थित गर्दै लगिनेछ ।’

मन्त्री यादवले गुणस्तरीय औषधिको व्यवस्था र उत्पादनमा वृद्धि गर्दै लाने नीति अवलम्बन गरिने बताउँदै भने, ‘स्वास्थ्य उपचार पद्धतिका विषयमा उठेका वैकल्पिक उपचार पद्धतिका बारेमा आश्वस्त रहन निर्देशन दिँदै सबै पद्धति रोगका उपचारका विकल्प हुन, अनुसन्धान गरेर कार्यान्वयनमा ल्याइ स्वस्थ नेपाल, स्वस्थ नेपाली अभियानमा लाग्नुपर्छ ।’

Last modified on 2019-01-07 13:28:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts