पुर्व राष्ट्रपति डाक्टर यादव चिकित्सा सेवामा फर्कने



Download our app to get more features

काठमाडौं, २२ पुस । पुर्व राष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सकिय सेवामा फर्कने संकेत दिएका छन् ।

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औ वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै पुर्व राष्ट्रपति यादवले चिकित्सकिय सेवामा फर्कने संकेत गरेका हुन् । उनले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्नेगरि काम गर्ने सोच बनाएको बताए । 

पुर्व राष्ट्रपति डा.यादव राजनीतिमा आउनु भन्दा अघि बीपी कोइरालाको निजी चिकित्सक पनि थिए । कोइरालाकै सँगतमा उनी राजनीतिमा आएका हुन् ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts