चिकित्सा शिक्षा विधेयक ९० प्रतिशत डा. केसीले भने अनुसारः सभापति घर्ती



Download our app to get more features

काठमाडौं, २२ पुस ।संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले छलफलमा रहेको बहुप्रतिक्षित चिकित्सा शिक्षा विधेयकको मस्यौदा ९० प्रतिशत डा. केसीले चाहे अनुरुप नै भएको बताएकी छिन् ।

समितिको शुक्रबार बसेको बैठकपछि हाम्रो डक्टरसँग कुरा गर्दै सभापति घर्तीले शुक्रबारको बैठकमा डा.केसीको मागहरुमा ९० प्रतिशत मस्यौदामा सांसदहरुले समर्थन जनाइ सकेको  बताइन् । उनले सरकारले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौताका आधारमा प्रतिवेदन तयार भइरहेको भन्दै प्रतिवेदन तयार भइरहेको र केहि हेरफेर गर्नु पर्ने कुरामा छलफल भईरहेको पनि बताइन् । 

उनले भनिन्, ‘डा. केसी सँग भएको सम्झौताको आधारमा विधेयकको ९० प्रतिशत मस्यौदामा सर्मथन जुटिसकेको छ । केहि दिन पछि उक्त विधेयक टुङ्ग्याएर अघि बढ्ने छ ।’

समितिको बैठकमा सहभागि कांग्रेस नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले चिकित्सा शिक्षा विधेयक १० बर्ष पछि नाफामुलक बनाउनेमा थप गृहकार्य गनुपर्ने बताए । सांसदसमेत रहेका थापाले उच्चस्तरीय आयोगमार्फत् वरिष्ठ चिकित्सक गोविन्द केसी सँग भएको सम्झौता सम्बोधन गरी सरकाले चिकितसक विधेक संसदमा पास गर्नुपर्नेमा जोड दिए ।  

चिकित्सा शिक्षा विधेयक संसदबाट दोस्रो पटक पनि पारित हुन नसक्दा डा. केसीसँग सरकारले गरेको सम्झौता नै अलपत्र परेको छ ।

गत साउनमा  सरकारले  अनसनरत डा. गोविन्द केसीसँग विधेयक पारित गर्ने सम्झौता गरेको थियो । सरकारले चिकित्सा शिक्षा विधेयक संसदमा पास नभए फेरि अन्सन बस्ने चेतावनी समेत दिएका छन् । शिक्षा तथा स्वास्थ्य समितिको उपसमिति बैठकमा सांसदहरुले चिकित्सा शिक्षा विधेयकअनुसार १० बर्ष पछि मेडिकल कलेज नाफामुलक हुने हुँदा सरकारले उक्त विधेयकमा सहमत हुपर्नेमा जोड दिएका थिए । चिकित्सा शिक्षा विधेयक पक्ष र विपक्षको छलफलमा सहमति हुन सकेको थिएन । अहिले सहमति गरेर अगााडि बढिरहेको छ । काठमाडौ कलेज बाहिर मेडिकल कलेज खोल्न दिने कि नदिने भन्ने विषयमा विवाद भईरहेको छ । 

डा.गोविन्द केसीले चिकित्सा शिक्षामा सुधारको माग गर्दै पुनः आमरण अनसन बस्ने चेतावनी दिएका छन् । यसअघिको अनशनपछि सरकारले आफूसँग गरेको सम्झौताअनुसार विधेयक पास हुनुपर्ने केसीको माग छ ।
 

Last modified on 2019-01-07 13:28:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts