रुकुम पूर्वमा चिसोका कारण बिरामी बढे



Download our app to get more features

रुकुम पूर्व, २२ पुस । प्रदेश–५ को एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा चिसो अत्यधिक बढेसँगै चिसोका बिरामी पनि बढेका छन् । विगतका वर्षमा स्थानीय स्वास्थ्य चौकीमा चिसो याममा भन्दा गर्मी याममा बिरामीको चाप बढी हुने गरेकामा यो वर्ष भने चिसोयाममै बिरामीको चाप बढेको छ ।

केही दिनदेखि जिल्लाका सबै जसो स्वास्थ्य संस्थामा चिसोका बिरामीले भरिएको एक स्वास्थ्यकर्मीले बताए । सिस्ने गाउँपालिका–५ रुकुमकोटका ६५ वर्षीय पूर्णबहादुर बुढा मगरले केही दिनदेखि रुघाखोकी र ज्वरोले सताएकाले रुकुमकोटस्थित स्वास्थ्यचौकीमा पुगेको बताए । पुथा उत्तरगङ्गा गाउँपालिकाका अर्का थानबहादुर पुन पनि त्यस्तै समस्या भएर स्वास्थ्यचौकी पुगेको बताए ।

गतवर्ष जाडो शुरु भएको कात्तिकदेखि माघसम्म दिनमा एक÷दुई जना मात्र बिरामी आउने गरेकोमा अहिले दिनमा पाँच जनासम्म बिरामी आउने गरेको रुकुमकोट स्वास्थ्य चौकीका इन्चार्ज सुरेन्द्रकुमार यादवले बताए । वातावरणमा एक्कासी हुने परिर्वतन र अत्यधिक चिसोले बिरामी बढेको यादवले बताए । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts