रामेछापका ६८ कैदीले रक्तदान गरे 



Download our app to get more features

रामेछाप, २२ पुस । जिल्ला कारागार रामेछापका ६८ जना कैदीबन्दीले पहिलो पटक  रक्तदान गरेका छन् । ब्रजमोहन सुभद्रादेवी स्मृति प्रतिष्ठान सालु रामेछापले आयोजना गरेको रक्तदान कार्यक्रममा उनिहरुले रक्तदान गरेको हुन् । 

विभिन्न अपराधमा कैद सजाय भोगीरहेका ६८ जना कैदी सहित १ सय १२ जनाले रक्तदानमा सहभागीता जनाएका छन् । रक्तदान पछि आफूहरु पनि समाजका अरु जस्तै मानिस भएको र रक्तदान गर्न पाउँदा खुसी लागेको कैदीको भनाई छ ।  कैदीबन्दीले रक्तदान कार्यक्रममा सहभागी भएर समाजसेवामा पु¥याएको योगदानको उच्च मुल्याङ्कान गर्नु पर्ने व्रजमोहन सुभद्रादेवी स्मृति प्रतिष्ठान सालुका अध्यक्ष गोविन्द प्रसाद काफ्लेको भनाई छ ।

सो अवसरमा जिल्लाका अन्य ४२ जना सर्वसाधरणले समेत रक्तदान गरेको छन् । त्यस्तै प्रतिठानले रक्तदान सँगै गरेको निशुल्क स्वास्थ्य  शिविरबाट तीन सय जनाले स्वास्थ्य सेवा लिएका छन् । प्रतष्ठानले विगत १० बर्ष देखि शिक्षा, स्वास्थय लगायत विभिन्न विपद्धमा काम गर्दै आएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts