काठमाडौंलाई दृष्टिविहिनमुक्त बनाउन चार स्थानमा स्टालाइट स्थापना 



Download our app to get more features

काठमाडौं, २३ पुस । नेपाल आँखा अस्पतालले काठमाडौं उपत्यकालाई दृष्टिविहिनमुक्त क्षेत्र बनाउन थालेको अभियानले सफलता पाइरहेको छ । यो अभियानका लागि अस्पतालले काठमाडौं उपत्यकाका चार स्थानमा स्टालाइट (क्याम्प) स्थापना गरी सेवा दिइरहेको अस्पतालका डाक्टर कमल खड्काले जानकारी दिएका छन् । काठमाडौंका हरेक घरमा गइ उनीहरुको आँखा सम्बन्धी समस्याको समाधान गर्न अस्पतालले साँखु, खोकना, टोखा र थानकोटमा स्टालाइट स्थापना गरिएको हो ।

प्रत्येक स्टालाइटमा एक कर्मचारी रहेको र उसले हरेक घरमा गएर आँखाका बिरामी खोजी गरी सेवा प्रदान गर्ने अस्पतालको भनाइ छ  । यसैक्रममा अस्पतालले खोकना र थानकोटलाई दृष्टिविहिनमुक्त क्षेत्र घोषणा गरिसकेको अस्पतालका मेडिकल डाइरेक्टर डा. खड्काले बताए । 

अस्पतालको स्तरोन्नती गरिएको भवनको आज उद्घाटन गर्दै भुमिसुधार तथा व्यवस्था मन्त्री पद्मा अर्यालले अस्पतालले स्थापना कालदेखि नै धेरै राम्रो काम गरिरहेको प्रतिक्रिया दिइन । उनले अस्पतालको अवलोकन पनि गरेकी छिन । सो क्रममा मन्त्री अर्यालले अस्पतालको सेवा सुविधा गरिब विपन्न समुदायसम्म पुग्नलाई अझै धेरै काम गर्ने बाँकी रहेको बताएकी छिन् ।  

उनले अस्पतालमा मेडिकल डाइरेक्टर डा. खड्काबाट आँखा जाँच पनि गराएकी थिइन । अस्पतालको ओपिडि भवन करिब ७० लाखको लगानीमा स्तरोन्नती भएको हो । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts