बेवारिसे बिरामी व्यवस्थापन कार्ययोजना बनाउँदै स्वास्थ्य मन्त्रालय 



Download our app to get more features

काठमाडौं, २३ पुस । भिम मगर राउत २ बर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा छन् । उनी ३२ वर्षका भए । उनको घर बर्दिया हो । घरमा आमा रहेको मगर बताउँछन् । उनलाई २ वर्ष अघि सडकमा लडिरहेको अवस्थामा भेटेर प्रहरीले उपचारका लागि राष्ट्रिय टमा सेन्टरमा ल्याएको थियो । उनी अहिले हिडडुल गर्ने सक्दैनन् । अस्पतालले उनलाई घर पठाउन उनकी आमासँग सम्पर्क गरे पनि अस्पताल आएकी छैनन् । उनको स्वास्थ्यमा हुनुपर्ने जति सुधार भइसकेको र अस्पतालले बिदा समेत दिएको जनाएको छ । तर जाने ठाउँ नभएका कारण उनी अस्पतालमै बसिरहेका छन् । 

अस्पतालमा आउने यस्ता बेवारिसे विरामी निको भएपछि अस्पतालल छोडेर जान नमान्ने गरेको अस्पतालका सामाजिक सेवा इकाइ प्रमुख अर्जुन भेटुवालले जानकारी दिए । अस्पतालमा यस्ता बिरामी कहिले नटुट्ने उनको भनाइ छ । यसरी बिरामी अस्पताल छोडेर जान नमान्दा अस्पतालमा बिरामी चाप धेरै रहिरहने भेटुवालले बताए । यो समस्या ट्रमा सेन्टरको मात्रै होइन । देशभरका सरकारी अस्पतालयमा यस्तो समस्या छ । बेवारिसे बिरामीका कारण कतिपय नयाँ बिरामीले अस्पतालमा भर्ना समेत पाउँदैनन् । 

दुई साताभित्र कार्ययोजना आउँछ
स्वास्थ्य मन्त्रालयले सरकारी ठूला अस्पतालमा आउने बेवारिसे बिरामीलाई लामो समयसम्म अस्पतलमा राखिराख्नु पर्ने हँुदा सोको व्यवस्थापन गर्ने भनि निर्णय गरेको थियो । निर्णय भएको एक वर्षसम्म पनि कार्यान्वयन हुनसकेको छैन । स्वास्थ्य मन्त्रालय नीति योजना तथा अनुगमन महाशाखाका डा. विकास देवकोटाले यस सम्बन्धी कार्ययोजनाको गृहकार्य भइरहेको जानकारी दिए । सो निर्णयलाई कसरी अगाडि बढाउने भन्ने बारे छलफल चलिरहेको उनको भनाइ छ । तर कार्ययोजना नै भने बनि नसकेको उनले बताए ।  देवकोटाका अनुसार अबको दुई साताभित्र कार्ययोजना बनि सक्छ । 
 

Last modified on 2019-01-08 15:17:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts