संस्थापक पाण्डेको सम्झनामा वयोधा अस्पतालमा ‘वयोधा केयर डे’ कार्यक्रम



Download our app to get more features

काठमाडौं, २४ पुस । वयोधा अस्पतालले संस्थापकको सम्झनामा ‘वयोधा केयर डे’ मनाएको छ । अस्पतालका स्थापक श्याम बहादुर पाण्डेको जन्मदिनका अवसरमार अस्पतालले वयोधा केयर डे मनाएको हो ।  पाण्डेले अस्पताललाई अविस्मरणीय योगदान पु¥याएको भन्दै उनको जन्मदिनमा सम्झेको अस्पतालको डा. प्रकास पाण्डेले बताए । अस्पतालले उनलाई कहिले पनि भुल्न नहुने उनको भनाइ छ ।

यो कार्यक्रमलाई अस्पतालले निरन्तरता दिने जनाएको छ ।  ‘वयोधा केयर डे’ को अवसरमा अस्पतालले आफ्ना कर्मचारीलाई सम्मान पनि गरेको छ । पाण्डेको गत कार्तिक महिनामा ७७ वर्षको उमेरमा निधन भएको थियो ।  

Last modified on 2019-01-08 16:32:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts