जाजरकोट अस्पतालको स्तर वृद्धि कागजमै सिमित



Download our app to get more features

जाजरकोट, २५ पुस । जाजरकोट सदरमुकाम स्थित जिल्ला अस्पतालको स्तरवृद्धि कागजमा मात्रै सिमित भएको छ । 

२०७२ सालमा १५ शैयाको जिल्ला अस्पताललाई स्तरवृद्धि गर्दै सरकारले ५० शैयाको बनाउने निर्णय गरेको तिन वर्ष बितिसके पनि अस्पतालबाट अहिलेसम्म विशेषज्ञ सेवा शुरु हुन सकेको छैन । स्तर बृद्धि भएसँगै अस्पतालमा विभिन्न नौ प्रकारका विशेषज्ञ चिकित्सकको दरबन्दि थपियपनि हाल अस्पतालमा कुनैपनि विशेषज्ञ सेवा छैन् । अस्पतालमा आवश्यक पुर्वाधार नभएकाले विशेषज्ञ चिकित्सक आउन नमान्ने सरोकारवालाहरुको भनाई छ । 

अस्पतालको स्तर बृद्धि गरीएको तीन चार बर्ष भएपनि विशेषज्ञ सेवा शुरु नहँुदा अस्पतालमा सामान्य शल्यक्रिया समेत हुन सकेको छैन । जसका कारण बिशेष उपचारका लागि बिरामीहरुलाई  जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । अस्पतालको भवन जिर्ण भएकाले वर्षाको समयमा सेवा दिन समस्या पर्ने गरेको छ ।
 

Last modified on 2019-01-10 06:52:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts