आवासीय चिकित्सक पनि आन्दोलनमा



Download our app to get more features

काठमाडौं, २५ पुस । राष्ट्रिय रेजिडेन्ट चिकित्सक संघ, सरकारले छात्रवृत्तिमा अध्ययनरत स्नातकोत्तरका विद्यार्थीहरुप्रति पूर्वाग्राहि रुपमा निर्देशिका जारी गरेको भन्दै आन्दोलनमा उत्रेका छन् ।

संघले विज्ञप्ति जारी गर्दै छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरुलाई २ वर्षसम्म करारमा काम गराउने सम्झौता पूर्वाग्राही भनेको भन्दै आफुहरु आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ । गत असारमा बसेको सचिव स्तरीय बैठकबाट भएको सो निर्णय आवासीय चिकित्सकहरुलाई मान्य नहुने भन्दै आन्दोलनमा उत्रनु परेको जनाएको छ ।

साथै ८ महिनादेखि पाउनुपर्ने सेवा सुविधा आफूहरुले नपाएको भन्दै आजबाट आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रन बाध्य भएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । संघमा आवद्ध आवासीय चिकित्सकहरु आजबाट कुनैपनि शैक्षिक कार्यक्रममा भाग नलिने र आफूहरुसँग भएको पूर्व सहमति अनुसार सरकार अघि बढे इमरजेन्सी बाहेकका सेवामा सहभागि नहुने पनि जनाएको छ ।

Last modified on 2019-01-10 06:51:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts