माग सम्बोधन गराउन राजपा संयोजकलाई एचएको ध्यानाकर्षण



Download our app to get more features

काठमाडौं, २७ पुस । पदीय क्षेत्राधिकारमा असन्तुष्टि लगायत विभिन्न माग राखी आन्दोलरत स्वास्थ्य सहायक –एचए)हरुले राष्ट्रिय जनता पार्टीसँग माग पूरा गराउन पहल गरेको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोलाई भेटेर उनीहरुले माग सम्बोधनका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका हुन् । ज्ञापन पत्र बुझ्दै संयोजक महतोले एचएहरुको माग सम्बन्धमा आफुले स्वास्थ्य मन्त्रीसँग पहल गर्ने आश्वासन दिएका छन् । भेटका क्रममा हेल्थ असिस्टेण्ट संघका पदाधिकारीहरुले स्वास्थ्य मन्त्रालयले आफुहरुको माग सम्बन्धमा उदासिनता देखाएको भन्दै गुनासो गरेका थिए ।

Last modified on 2019-01-12 21:57:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts