शिक्षा तथा स्वास्थ्य समितिको बैठक बस्दै



Download our app to get more features

काठमाडौं, २९ पुस । शिक्षा तथा स्वास्थ्य समितिको बैठक आज बस्दैछ । 

अहिले केहिबेरमा बस्ने बैठकमा फरक मत राख्ने सांसदहरुले लिखित रुपमा असन्तुष्टि जनाउने छन् ।

कांग्रेस सांसदहरुले डा.गोविन्द केसीले भने अनुरुप विधेयक नभएको भन्दै विरोध गरेपछि समितिकी सभापति जयपुरी घर्तीले लिखित रुपमा धारणा राख्न निर्देशन दिएकी थिईन् ।

यसअघि पुस २५ गते बसेको समितिको बैठकले चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएको थियो । 

विधेयक पारित भएकै दिनदेखि डा.केसीले आफ्नो १६ औं अनसन पनि सुरु गरेका छन् । डा.केसीको अनसनको आज चौथों दिन हो । इलाममा अनसन बसेका डा.केसीको स्वास्थ्य भने विग्रदै गएको उनका सहयोगीहरुले बताएका छन् ।

Last modified on 2019-01-13 14:43:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts