महोत्तरीका सुत्केरी महिलालाई दिँदै आइएको यातायात खर्च ६ महिनादेखि रोकियो



Download our app to get more features

महोत्तरी, ३० पुस । महोत्तरीको जलेश्वरमा रहेको जिल्ला अस्पतालले सुत्केरी महिलालाई यातायात खर्च दिदै आएको थियो । तर, विगतमा संघिय सरकारको मातहतमा रहेको उक्त अस्पताल स्थानिय निकायको मातहतमा आएपछि सुत्केरी महिलाले पाउने गरेको यातायात खर्च रोकेको हो ।

जलेश्वर अस्पतालले विभिन्न कारण देखाएर आमा सुरक्षा कार्यक्रम अन्तर्गतको यातायात खर्च रोकेको ६ महिना भयो । चालु आर्थिक वर्षको पहिलो महिना देखि नै सुत्केरीले पाउने यातायातखर्च रोकिदा भने अस्पतालमा गुनासो आउन थालेका छन् । जिल्लाको अन्य स्थानमा रहेको प्रसुती सेवा केन्द्रहरुमा यातायातखर्च वितरणमा समस्या नदेखिएपनि जिल्ला अस्पतालमा यो समस्या छ ।

जलेश्वर अस्पतालबाट सन्तान प्राप्तीपछि पाईने न्यानो झोला पाएको तर यातायातखर्च भने नपाएको स्थानियको उरन्ची देवीले वताईन । उनी छोरीको गर्भ रहे देखि नियमित अस्पतालमै चेकजाच गराउदा पनि प्रसुतीपछि पाईने यातायातखर्च गुनासो गर्छिन ।

अस्पतालमा चालु आर्थिक वर्षमा सुत्केरी गराउने महिलाहरुको संख्या एक हजारकोृ हाराहारीमा पुगि सक्यो । तर उनिहरुले पाउने गरेको यातायत खर्च कहिले पउने हो अत्तो पत्तो छैन ।

जलेश्वर नगरपालिकाका जनस्वास्थ्य निरिक्षक संजयशर्माका अनुसार रकम निकासाको अन्तिम चरणमा छ । प्रसासकिय अधिकृत कार्यालय उपस्थितहुने वितिक्कै रकम भुक्तानीहुने भनिएपनि रकम स्थानीयले भने पाउनेमा आशंका गरेका छन् ।

उसो त प्रदेश दुइका सुत्केरी महिलाहरुलाई अस्पताल सम्म पु¥याउन आमा सुरक्षा कार्यक्रम ले रामै्र कार्य गरेको भएकाले पनि स्थानिय निकायले यस तर्फ चासो दिएर उनिहरुको माग पुरा गर्नु पर्ने हुन्छ  । 

Last modified on 2019-01-14 13:01:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts