सरकारी चिकित्सक संघ र सरकारबीचको सम्झौतामा गैरसरकारी चिकित्सकको ‘घोर आपत्ति’



Download our app to get more features

काठमाडौं, १ माघ । सरकारी चिकित्सक संघ र सरकारबीच सोमबार भएको सम्झौतामा गैरसरकारी चिकित्सक संघले आपत्ति जनाएको छ । सरकार र सरकारी चिकित्सक संघबीच भएको आठ बुँदे सहमतिमध्ये २ बुँदामा असहमति जनाउँदै गैरसरकारी चिकित्सक संघले विज्ञप्ति निकालेको छ ।

एउटै छाता ऐन ल्याई स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई व्यवस्थित गर्ने र हालसम्म प्रतिष्ठानहरुले संचालन गरेका सम्पूर्ण अस्पतालहरु नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत नै रहने र सोका कार्यकारी प्रमुख स्वास्थ्य सेवाको कर्मचारी मध्येबाट नियुक्ति गर्न आवश्यक व्यवस्था अगाडि बढाउने भन्ने वाक्य बुँदा नं ४ मा उल्लेख छ ।

त्यस्तैगरी बुँदा छ मा स्वास्थ्य सेवा तर्फको ११ औं तहमा खुला प्रतियोगिता बाट पदपूर्ति गर्ने व्यवस्था हटाउने भन्ने पनि सहमति भएको थियो । यसमा पनि गैरसरकारी चिकित्सकहरुले विरोध जनाएका छन् । संघले विज्ञप्तिमार्फत यो सहमति कार्यान्वयन गर्न खोजिए आन्दोलन गर्नेसम्मको चेतावनी दिएको छ ।

Last modified on 2019-01-16 08:19:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts