नेपाल औषधि उत्पादक संघ भन्छ: स्वदेशी औषधिका बारेमा गलत प्रचार गरियाे



Download our app to get more features

काठमाडौं, २ माघ । नेपाल औषधि उत्पादक संघले औषधि संघले औषधिमा आत्मनिर्भर बन्नका लागि स्वदेशी औषधि उत्पादक कम्पनीलाई प्रोत्साहित गर्ने कार्यमा सहयोग गर्न सरकारलाई आग्रह गरेको छ । 

संघले विज्ञप्ति जारी गर्दै नेपालमा उत्पादित औषधिहरु गुणस्तरहिन र औषधिको मूल्य मनपरि तोकिएको भन्ने विभिन्न सञ्चार माध्यममा आएको समाचार गलत भएको भन्दै औषधिमा नेपाललाई आत्मनिर्भर बनाउन संघ लागिपरेको जनाएको छ ।

संघले नेपालमा उत्पादन हुने औषधिहरु औषधि ऐन २०३५, स्वास्थ्य मन्त्तालय एवं औषधि व्यवस्था विभागले निर्धारण गरेको विश्वस्तरीय मापदण्ड पुरा गरि मात्रै उत्पादन हुने भएकाले गुणस्तरीय र सुरक्षित रहेको संघका अध्यक्ष दिपक प्रसाद दाहालद्वारा जारी विज्ञप्तीमा दावी गरिएको छ ।

नविकरण प्रक्रियामा रहेको उद्योगहरुको डब्लुएचओ जीएमपी प्रमाणिकरणलाई न्यूनतम गुणस्तरको रुपमा प्राविधि र मापदण्डको ज्ञान विना नै समाचार सम्प्रेषण गरिएको भन्दै संघले विज्ञप्ति मार्फत खेद जनाएको छ ।

Last modified on 2019-01-16 10:19:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts