जीपी फाउण्डेशनको मागः महानायकको नामको अस्पताल विघटन नगर



Download our app to get more features

काठमाडौं, २ माघ । काँग्रेसका एकजना शिखर नेता गिरिजा प्रसाद कोइरालाको नाममा बन्दै गरेको श्वासप्रश्वास केन्द्र र सुशील कोइरालाका नाममा बनिरहेको क्यान्सर अस्पताल विघटन नगर्न जीपी फाउण्डेशनले सरकारसँग माग गरेको छ । 

लोकतन्त्रका महानायक गिरिजाप्रसाद कोइरालाको नाममा बन्दै गरेको अस्पताल विघटन गर्न खोजेको भन्दै फाउण्डेशनले कम्युनिष्ट सरकारको तीव्र आलोचना गरेको छ । फाउण्डेशनका सातै प्रदेशका संयोजकहरुको हस्ताक्षर सहित निकालिएको विज्ञप्तिमा सरकारले दुई तिहाइको दम्भमा अधिनायकवादी व्यवहार देखाएको आरोप लगाइएको छ । 

तनहुँ र बाँकेमा बन्दै गरेका गिरिजा प्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले दुर्गम र विकेन्द्रित रुपमा जनतालाई सेवा दिने भन्दै प्रतिष्ठानले निर्णयबाट पछि हट्न सरकारसँग माग गरेको छ । 

विज्ञप्तिमा प्रदेश १ कि संयोजक इन्दिरा थापा, २ का डा. सुभासचन्द्र यादव, ३ की रीता खनाल, ४ कि शारदा पौडेल, ५ नम्बर प्रदेशका डा. गोविन्द पोखरेल, ६ की रीता शाही र ७ नम्बर प्रदेशका संयोजक चतुर बहादुर चन्दले हस्ताक्षर गरेका छन् ।

Last modified on 2019-01-16 15:19:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts