चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची आज



Download our app to get more features

काठमाडौं, ७ माघ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाले आज पारित गर्ने कार्यसूची तय गरेको छ ।

शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने कार्यसूचि तय गरिएको छ । उक्त विधेयक पारित गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले बनाएको हो ।

कार्यसूचीअनुसार विधेयक पारित गर्ने रणनीति सत्तापक्षको छ भने प्रमुख प्रतिपक्षी कांग्रेस संसद् बैठक अवरोध गर्ने तयारीमा छ ।

बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले गोविन्द केसीसँगको सम्झौता कार्यान्वयनसहित गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्न लागेको विषय संसदमा उठाउने तयारी गरेको छ ।

यता, अनसनरत डा.गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौता अनुसार विधेयक नल्याएको भन्दै सरकारको आलोचना गरेका छन् । आफूसँग गरिएको सहमति अनुसार हुबहु विधेयक ल्याउनपर्ने उनको माग छ ।

Last modified on 2019-01-21 12:33:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts