काँग्रेसले चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न नदिएपछि संसद बैठक शुक्रवारसम्म स्थगित



Download our app to get more features

काठमाडौं, ८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले दुईपटक सम्म संसद अवरुद्ध गरी कार्यसूचिमा रहेको चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न नदिएपछि संसदको बैठक अन्ततः तीनदिनका लागि स्थगित गरिएको छ ।

बैठक स्थगनसँगै दुईपटक पन्ध्र पन्ध्र मिनेट स्थगित र सूचारु गर्दै मंगलवार नै विधेयक पास गर्ने सत्तारुढ नेकपाको प्रयास विफल भएको छ । गोविन्द केसीको असहमतिका बीच विधेयक बहुमतले पास गर्न खोजेपछि नेपाली काँग्रेसका सांसदले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक प्रस्तुत गर्न जानै दिएनन् । काँग्रेसको अवरोधपछि पछिल्लोपटक १५ मिनेट स्थगित गरिएको बैठक अन्ततः सूचना टाँस गरि ११ गते दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । 

संसदमा सत्तापक्ष जसरी पनि विधेयक पास गराउने र विपक्षी जसरीपनि रोक्ने दाउमा छन् । यता, गोविन्द्र केसी आफुसँग १५ औं अनशनका क्रममा भएको सहमति हुबहु पालना गर्न दवाव दिँदै १४ दिनदेखि आमरण अनशनमा रहेका छन् । 

Last modified on 2019-01-23 06:09:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts