उच्चस्तरीय शिक्षा आयोगको भनाईः चिकित्सा शिक्षा विधेयक आफ्नो सिफारिस विपरित



Download our app to get more features

काठमाडौं, ९ माघ । उच्चस्तरीय शिक्षा आयोगले चिकित्सा शिक्षा विधेयक आफ्नो सिफारिस विपरित भएको जनाएको छ । 

शिक्षामन्त्रीकै नेतृत्वमा रहेको आयोगले हालै मात्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनमा अब खुल्ने चिकित्सा शिक्षासम्बन्धी नयाँ संस्थाहरुलाई गैरनाफामुलक मात्र हुनु पर्ने आयोगको सिफारिस गरिएको छ । हाल सञ्चालनमा रहेका शिक्षण संस्थालाई पनि क्रमशः गैरनाफामूलक बनाउनपर्ने भनेको छ ।

शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनमा पनि मेडिकल कलेजहरु गैरनाफामूलक हुने भनिएको छ । अहिले भएका मेडिकल कलेजहरु १० वर्षभित्र गैरनाफामूलक हुने र नयाँ खुल्ने पनि सञ्चालनमा आएको १० वर्षपछि मात्र गैरनाफामूलक हुने प्रतिवेदनमा उल्लेख छ ।

तर, संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयक आयोगको सहमति विपरित भएको भन्दै असन्तुष्टि जनाएको छ ।

यता, आफूसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक तयार पारेको भन्दै डा. गोविन्द केसी आज १३ दिनदेखि अनसनरत छन् ।
 

Last modified on 2019-01-23 17:00:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts