स्वास्थ्य चौकीको भवनमा रक्सी भट्टी, वर्थिङ सेन्टर पालमा



Download our app to get more features

रामेछाप, ९ माघ । रामेछापको सुनापतिमा रहेको स्वास्थ्य संस्थामा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीयलाई समस्या परेको छ ।

सुनापति गाउँपालिका वडा नं. २ दिमिपोखरीस्थित उपस्वास्थ्य चौकीको भवनमा खुलेआम रक्सी भट्टी सञ्चालन गर्दा उपचारका लागि आउने बिरामी र स्थानीयलाई समस्या भएको हो ।

उपस्वास्थ्य चौकीको भवनमा वर्षाैदेखि भट्टी पसल चल्दा स्थानीय निकाय र प्रशासनले कुनै मतलब नगरेको स्थानीयको गुनासो छ । 

वडा नं. २ का वडा अध्यक्ष कमलबहादुर केसीले स्वास्थ्य चौकीको आँगनमा भट्टी पसल चलिरहेको स्वीकार गर्दै गाउँलेले गुनासो समेत गरेको बताए ।

यता सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले आफूले कसैगरे पनि भट्टी पसल हटाउन नसकेको भन्दै लाचारी व्यक्त गरेका छन् । वर्थिङ सेन्टर पालमा चलाएर स्वास्थ्यचौकीको आँगनको सामुदायिक भवनका ३ वटा कोठा ओगटेर भट्टी सञ्चालनमा रहेको छ ।

Last modified on 2019-01-23 09:34:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts