केसीको समर्थनमा देशका ठाउँ ठाउँमा जुलुस, माइतिघरमा नेबिसंघको प्रदर्शन



Download our app to get more features

काठमाडौं, ९ माघ । १६ औं चरणको आमरण अनशनमा रहेका शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसीको समर्थनमा आजपनि ठाउँ ठाउमा जुलुस निकालिएको छ । 

चिकित्सा शिक्षा विधेयकमा आफुसँग भएको सम्झैता अनुरुप हुवहु विषय समेटिनुपर्ने माग सहित सत्याग्रहमा रहेका डा. केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक संघले अस्पताल परिसरमा धर्ना दिएका छन् । उनीहरुले दुई घण्टा ओपिडी बहिस्कार गररे धर्ना दिएका हुन । 

त्यस्तै, राष्ट्रियय आवासीय चिकित्सक संघ , रेजिडेन्ट एसोसिएसन अफ न्याम्स र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संयुक्त रुपमा विज्ञप्ति जारी गरी केसीको जिवन रक्षा गर्न माग गरेका छन् । केसीको समर्थनमा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवनको भरतपुर अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुले विरोध जुलुस निकालेका हुन् ।

यता, राजधानीको माइतीघर मण्डलामा काँग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघले पनि सरकारको विरोधमा जुलुस निकालेको छ । उनीहरुले केसीको माग पुरा नगरे थप आन्दोलन चर्काउने चेतावनी पनि दिएका छन् । माउ पार्टी केसीको माग पूरा गराउन संसदमा भिडिरहँदा नेबिसंघले भने सडक आन्दोलन सुरु गरेको हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts