संसद बैठक बस्दै, चिकित्सा शिक्षा विधेयक पास गराउने सरकारको तयारी



Download our app to get more features

काठमाडौं, ११ माघ । संघीय संसदको बैठक आज बस्दै छ । 

आज बस्ने बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको छ । कार्यसूचीमा यसबाहेक कुनै पनि विषय राखिएको छैन ।

कांग्रेसको अवरोधपछि यसअघि बसेको सोमबार र मंगलबारको बैठकमो विधेयक पारित गर्ने प्रक्रिया अघि बढ्न सकेको थिएन । 

कांग्रेसको लगातारको अवरोध पछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारि गर्न सकेका थिएनन् । 

आज दिउँसो १ बजे बस्ने बैठकबाट सरकारले जसरी पनि विधेयक पारित गराउने तयारी गरेको छ भने कांग्रेसले आजको बैठकपनि अवरोध गर्ने तयारी गरेको छ । 

१६ दिनदेखि अनसनरत प्रा.डा.गोविन्द केसीसँग सरकारले गरेको सहमति अनुसार विधेयक नल्याएको भन्दै कांग्रेसले त्यसमा विरोध जनाउँदै आएको छ ।
 

Last modified on 2019-01-25 15:52:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts