चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा पेस, अर्को बैठक माघ १७ गते



Download our app to get more features

काठमाडौँ १४ माघ  । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा पेश भएको छ ।
सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसदहरूको नाराबाजीका बीच पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयक पेस गरेका हुन् ।
सो बैठक सुरु हुनासाथै कांगे्रसका सांसद राधेश्याम अधिकारकारीले  अहिले सम्बन्धन दिएका दुबै विश्वविद्यालयका डिनहरुले नै ओभरलोडेड भएको भनिरहँदा सरकार अन्य विश्वविद्यालयबाट सम्बन्धन दिनसक्ने विकल्पको खोजीमै नलागेको बताए ।
यसैबीच, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइारालाको नामको अस्पताल खारेजीको प्रक्रियामा लगेको भन्ने सन्दर्भमा राष्ट्रियसभामा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।
राष्ट्रियसभाको अर्को बैठक माघ १७ गते २ बजेसम्मका  लागि स्थगित  गरिएको छ ।
सांसदहरुलाई  चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता गर्न ७२ घण्टाको समय दिइएको छ । 

Last modified on 2019-01-28 16:40:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts