चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने



Download our app to get more features

काठमाडौं, १७ माघ । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकको सेवा बन्द गर्ने भएको छ ।

संघले विहिबार विज्ञप्ति जारी गर्दै देशभरका सरकारी, निजी, गैरसरकारी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सेवाहरु बन्द गर्ने जनाएको छ ।

नेपाल चिकित्सक संघका आजीवन सदस्य प्रा.डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै संघले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकको सेवा बन्द गर्ने जनाएको छ । 

डा.केसीको अनसनको २३ दिन बितिसक्दा पनि सरकारले उनको मागको सम्बन्धमा कुनै चासो नदिएको भन्दै उनको जीवन रक्षार्थ संघ कडा आन्दोलनमा उत्रने चेतावनी समेत विज्ञप्ति मार्फत दिइएको छ ।
 

Last modified on 2019-02-01 15:19:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts