अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दः कसले सुन्ने अलपत्र बिरामीको सुस्केरा ?



Download our app to get more features

काठमाडौं,१८ माघ । बिहान११ बजे वीर अस्पताल परिसरमा पुग्दा मानिसहरुको भिडभाड निकै नै देखियो । तर शुक्रवारको दृष्य अरु बारको भन्दा फरक थियो । अस्पतालमा बिरामीका साथै उनीहरुका कुरुवा र डाक्टरहरु सधंै हुन्थे ।

तर आज अस्पताल परिसरमा सुरक्षाकर्मीको संख्या बिरामीको भन्दा कम देखिएन् । अस्पतालमा सँगै सेतो पोशाक लगाएका डाक्टरहरु बाहिर भित्र गर्थे तर आज त्यो दृष्य देखिएन। अस्पताल आउने बिरामी सबै आज अस्पताल किन बन्द ? भन्ने प्रश्न एक अर्कासँग गरिरहेका थिए । ओपिडी सेवा सबै बन्द थियो । बिरामी भने के गर्ने के नगर्ने भनेर अवाक भएका देखिन्थे । 

जनताको समस्याकसले बुझ्छ ?

नेपाल चिकित्सक संघले निकालेको विज्ञप्ति पढ्दै गरेका ४२ वर्षका रमेश कुमार बस्नेतले भने ‘एक्कासि अस्पताल बन्दहुँदापाउनु सम्मको दुखपाएँ ।’उनीबिहान नौ बजे नै अस्पताल आइपुगेका थिए । छातीको समस्या भएर उपचारको लागि अस्पताल आएका उनले आजको लागि एक्स रे को लागि समय लिएका थिए । उनी बुधबार अस्पताल आउँदा उनलाई पुनःशुक्रबार आउनु भनेकोले उनी अस्पताल आए्रको बताए । पूर्व सुचनाबिना नै अस्पतालको सेवा बन्द हुँदादुःख पाएको भन्दै उनले गुनासो गरे । काम गरेर खाने मजदुर बस्नेत ले न उपचार पाए न त आफ्नो नियमित काम नै भयो । परिस्थितिको दोहारो मारमा परे उनी । भोलि शनिबार भएकाले अस्पताल अब आइतबार मात्र खुल्छ जनताको समस्या कसले बुझ्छ ? उनले प्रश्न गरे । 

उनी भक्तपुर सूर्यविनायकबाट उपचारको लागि अस्पताल आएका हुन । 

अस्पताल बन्द हुँदा ​​​​​​ बिरामीअलपत्र

गोरखादेखि उपचार गराउन कै लागि शुक्रबार विहान ९ बजे वीर अस्पताल आइपुगेकी सरस्वती ढकालको गुनासो पनि बस्नेतको जस्तै छ । २४ वर्षे ढकाल ९ बजे नै अस्पताल आइ पुगेकी थिइन् । उनले अस्पतालको ओपिडी सेवा बन्द भएको थाहा पाए पनि २ घण्टा देखि अस्पतालमा नै बसिरहेको बताइन । उनले भनिन 'ओपिडी खुल्छ की भन्ने आशले कुरेर बसेकी  छु ।' उनलाइ दाँत दुख्ने समस्या भएर उपचार गराउन आएकी हुन् । शुक्रवार उपचार गराएर शनिवार घर फर्कने योजना बनाएकी ढकालले आइतबारसम्म काठमाडौं मा नै बस्नु पर्ने बाध्यता सिर्जना भएकोमा दुखेसो पोखिन् । उनले भनिन अस्पताल बन्द हुँदा अलपत्र परें । 

 

सितापाइलाबाट पिसाबमा समस्या देखिएर उपचार गराउन भनेर अस्पताल आइपुगेकी ३८ वर्षकीविन्दु गिरीले ओपिडी बन्द भएको अप्ठेरोमा परेको बताइन् । उनी १० बजे नै अस्पताल आइ पुगेकी हुन् । 

यसरी अस्पतालको ओपिडी सेवा खुल्छ की भन्ने आशाका साथ अस्पताल परिसरमा सयौं बिरामी अलपत्र परेर बसेका छन् । अस्पतालका भित्ताभरी बन्दको सूचना टाँसिएको छ । अस्पताल आउने बिरामीहरु नेपाल चिकित्सक संघले निकालेको विज्ञप्ति बढ्दै फर्कदै गरेका छन् । देशका ठूला सरकारी अस्पतालमा आउने बिरामी सबै अलपत्र परेका छन् । राष्ट्रिय ट्रमा सेन्टरको पनि ओपिडि सेवा पनि बन्द छ । त्यहाँ आउने बिरामीको हालतपनि फरक छैन । 

डा. केसीको माग सम्बन्धमा सरकार उदासिन रहनु र चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभापश्चात राष्ट्रिय सभाबाट पारित भएसंगै नेपाल चिकित्सक संघले विज्ञप्ति जारि गरि शुक्रवार देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको थियो । 

डाक्टर गोविन्द केसी भने चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै २४ दिनदेखि आमरण अनसनमा छन् । उनको जीववन रक्षाका लागि भन्दै अप्रिय कार्यक्रम आयोजना गर्नुपरेको चिकित्सक संघले जनाएको छ । 

Last modified on 2019-02-01 15:49:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts