नेकपा निकट निर्देशक हुनुको फाइदाः चिकित्सकको बन्दले छोएन प्रसुति गृहलाई



Download our app to get more features

काठमाडौं, १८ माघ । नेपाल चिकित्सक संघले गरेको देशभरकै सरकारी तथा निजी अस्पतालमा आकस्मिक बाहेकको सेवा बन्दको आह्वानको थापाथलीस्थित प्रसुति गृहले अवज्ञा गरेको छ ।

संघले बन्द आह्वान गरेपनि परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले भने नियमित सेवा दिएको छ । अन्य ठूला अस्पतालमा ओपिडी लगायत आकस्मिक बाहेकका सेवा भएपनि प्रसुतिगृहले भने सदाको झैं सेवा दिइरहेको अस्पतालका ानिर्देशक डा. जागेश्वर गौतमले जानकारी दिए । उनी नेकपा निकट चिकित्सक हुन् ।

अस्पतालमा बन्द, हड्ताल गर्ने कुनैपनि गतिविधि नगर्न आफुले पहिले नै निर्देशन दिएको पनि गौतमले बताए । यो समाचार तयार पार्दासम्म अस्पतालबाट शुक्रबारमात्र सेवा लिनेको संख्या ५ सय पुगेको उनले जनाए ।

अस्पताललाई कुनै पनि घोषणा र आन्दोलनले सेवा प्रवाहमा रोक लगाउन नसक्ने पनि उनले जिकिर गरे । गौतम तिनै व्यक्ति हुन् जसले गोविन्द केसीको अनशनका कारण मापदण्ड नपुगेर मेडिकल काउन्सिलको उपाध्यक्षबाट हात धुनुपरेको थियो । उनी पछिल्लो समय सरकारी स्वास्थ्य प्रतिष्ठानको उपकुलपति हत्याउन पनि लागिपरेका छन् ।

Last modified on 2019-02-01 18:34:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts